लागुऔषधसहित दुई जना पक्राउ
भद्रपुर १९ फागुन । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मंगलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार खत्रीलाई ३ ग्राम र तामाङलाई १ ग्राम ब्राउनसुगरसहित लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।