जसपा जिल्ला नेतृत्वको आपत्ति
दमक १९ फागुन । जनता समाजवादी पार्टी नेपालको झापा जिल्ला समायोजन सहजीकरण कार्यदलले एकपक्षीय रुपमा जिल्ला पार्टी समायोजन गरेको भन्दैं त्यस पार्टीका जिल्ला नेतृत्वले आपत्ति जनाएका छन् । गत फागुन १७ गते त्यस कार्यदलले पार्टी समायोजन टुङग्याएको भनी विज्ञप्ति मार्फत सार्वजनिक गरिएको थियो ।
कार्यदलको निर्णय लगत्तै पार्टी जिल्ला समितिका अध्यक्ष दिपेनवाला राईसहितका जिल्ला पदाधिकारीहरुले उक्त कार्य प्रति आपत्ति जनाउदैं एक बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा कार्यदलले पार्टीले तोकेको स्पष्ट निदेशिका विपरीत एकपक्षीय रुपमा जिल्ला पार्टी समायोजन गरेको भन्दैं सार्वजनिक गरिएकोमा आपत्ति जनाउदैं त्यस्ता गतिविधि पार्टी एकता विरोधी भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा पार्टीका अध्यक्ष दिपेनवाला राई, उपाध्यक्षद्धय वीरवहादुर श्रेष्ठ,शिवन सोराली मगर,सचिव पुष्पप्रसाद पौडेल,सहसचिव अर्जुनकुमार राई र कोषाध्यक्ष राजु खड्काको हस्ताक्षार छ उनीहरुले समायोजन गरिएको विवरण कपोकल्पित भएको र त्यस्तो भ्रममा नपर्न आम पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गरिएको विज्ञप्तिमा जनाईएको छ ।
दमकमा सोमबार सम्पन्न समायोजन कार्यदलको बैठकले अनुतसिंह राजवंशीको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला समन्वय समिति र २५ सदस्यीय जिल्ला कार्यकारिणी समिति गठन गरिएको थियो । कार्यदलको निर्णय लगत्तै जसपाका केन्द्री सदस्य देउकुमार नेम्बालगायतका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा असन्तुष्ट पोखेका छन् ।