चन्द्रगढीमा गुडिरहेको ट्रकमा आगलागी

भद्रपुर , २१ फागुन । झापा सदरमुकाम स्थित चन्द्रगढीमा गुडिरहेको अवस्थामा एक्कासी ट्रकमा आगलागी भएको छ ।

चारआलीबाट भद्रपुर आउँदै गरेको प्लाइको कच्चा पदार्थ भेनियरको भारी रहेको ना ३ ख ५८८१ नम्बरको ट्रक चन्द्रगढी चौक नजिकै भद्रपुर रोडतिर मोडिने क्रममा कृषि विकास बैंक छेउमा आगलागी भएको हो ।

स्थानीय बासिन्दाका अनुसार हिँडिरहेको गाडिमा एक्कासी आगो निस्किएको थियो ।

झापा प्रहकीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार अपरान्न तीन वजेतिर चारआलीबाट भद्रपुर तर्फ आइरहेको प्लाइउडका टुक्रा बोकेर आएको सो ट्रकमा एक्कासी आगो लागेको थियो । आगलागीको कारण खुल्न नसकेको जानकारी दिँदै प्रवक्ता थापाले आगलागी नियन्त्रणमा लिन भद्रपुर, विर्तामोड नगरपालिकाका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली परिचालन गरिएको थियो । गाडीको विधुत सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । तस्विर : विगम श्रेष्‍ठ