झापामा आगामी कोभिड बिरुद्धको खोप २ चरणमा
भद्रपुर १८ फागुन । झापामा संचालन गरिने कोभिड १९ बिरुद्धको खोप दुइ चरणमा संचालन गर्ने स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले जनाएको छ । जस अनुसार, पहिलो चरण फागुन २३ गतेबाट संचालन गरिने खोप मेचीनगर नगरपालिका, बुद्घशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका,बाह्रदशी गाउँपालिका र हल्दिबारी गाउँपालिकामा संचालन गरिने छ ।
यसैगरी दोश्रो चरणमा चैत १ गतेबाट, कनकाइ नगरपालिका, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगन्ज गाउँपालिकामा संचालन गरिने मन्त्रालयले जनाएको छ ।