बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न
महत्वपूर्ण पदमा लोकतान्त्रिक प्यानलको वर्चस्व कायम
सन्दर्भ समाचारदाता
बिर्तामोड १७ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी तीन बर्षे कार्यकालका लागि सम्पन्न निर्वाचनमा लोकतान्त्रिक प्यानलले अध्यक्ष, बरिष्ट उपाध्यक्ष, उद्योग उपाध्यक्ष लगायतका महत्यपूर्ण पदमा बिज हासिल गरेको छ । निर्वाचन समितिको कार्यालयले दिएको जानकारी अनुसार, अध्यक्षपदमा लोकतान्त्रिक प्यानलका प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । उनले दुई हजार १३९ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्ष सुवास भट्टराईले एक हजार ६१५ मत मात्र प्राप्त गरे । ५१४ मतको फरकले शिवाकोटी निर्वाचित भएका हुन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपानेले दुई हजार ११६ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले एक हजार ५९२ मत मात्र प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले एक हजार ९४० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका प्रकाश घिमिरेले एक हजार १८ मत प्राप्त गरे । वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे (राजु)ले दुई हजार २७८ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका रामकृष्ण अधिकारीले एक हजार ३२३ मत प्राप्त गरे ।
महासचिवमा भने संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले एक हजार ८४३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले एक हजार ८१७ मतमा चित्त बुझाउनु परेको थियो । यता उद्योग सचिवमा भने लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले दुई हजार ५५० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका धनबहादुर डाँगीले एक हजार ६३ मत प्राप्त गरे । तर वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले एक हजार ९६६ मत ल्याई विजयी भए । उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)ले एक हजार ६७४ मत मात्र प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले दुई हजार १२२ मत ल्याई विजयी भए । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका दुर्गाप्रसाद थपलियाले एक हजार ५२४ मत प्राप्त गरे । महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले एक हजार ९७० मत ल्याई विजयी भएकी छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलकी रञ्जु प्याकुरेलले एक हजार ६२४ मत मात्र प्राप्त गरिन् ।
त्यसैगरी सदस्यहरुमा गुन्जन प्रसाई २००८, गौरीशंकर गुप्ता (टिंकु) १७९०, जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९, पुकार बराल २०००, बलराम सिटौला १८६१, विशाल थापा २०९९ मत ल्याई विजयी भएका छन् ।
महिला सदस्यहरुमा तुलसा खनाल ढकाल २१९५ र श्रृजना अग्रवाल (सोनी) ले मत ल्याई विजयी भएको र जनसम्पर्क उपाध्यक्ष (महिला) पदमा नैनकला भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।