प्रधानमन्त्री केपी शर्मा ओलीद्वार उद्घाटन र शिलन्यास
सन्दर्भ दट कम
भद्रपुर १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले, सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग चाँडो वार्ता गरेर समस्या समाधान गर्ने बताएका छन् । झापाका दमक नगरपालिका, गौरादह नगरपालिका तथा कमल गाउँपालिका क्षेत्रमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क (औद्योगिक पार्क) को आइतबार शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘उक्त पार्टीसँगको वार्ता निष्कर्षमा पुर्यारै छाड्ने बताए । त्यो खुशीको खबर छिट्टै पाउनु हुनेछ ।’
प्रधानमन्त्री ओलीले आज दमक वडा नम्बर १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक वडा नम्बर ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक वडा नम्बर १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गरेका छन् ।
करिब ६४ अर्ब रुपैयाँ वैदेशिक लगानीमा बन्ने भनिएको औद्योगिक पार्कको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका गरे प्रधानमन्त्री ओलीले आजै दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गरेका छन् । मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तर्गत पर्ने ३१ वटा पुलको एकैपटक उनले शिलान्यास गरेका थिए ।
उद्घाटनकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले रु १६ करोड ६२ लाख ६४ हजार ९७५ मा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भएको सो पुल हालै निर्माण सम्पन्न भएको हो ।