बिमा वापतको रकम रु ७ लाख प्रदान

दमक । घर वनाउने क्रममा लडेर मृत्युभएका झापा,दमक ८ का ४० बर्षिय अतावुल मियाका परिवारलाई रु ७ लाख राहत प्रदान गरिएको छ । दमक ६ का प्रेमबहादुर कार्कीको पक्की घरमा काम गरिआएका मियाको कामको सिलसिलामा गत असार २८ गते लडेर मृत्युभएको थियो । नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियन दमकले आफना सदस्य रहेका मियाका परिवारलाई बिमा वापतको रकम रु ७ लाख उपलव्ध गराएको हो ।

दमक ५ मा कार्यालय रहेको युनियनले आज शुक्रवार यहाँ एक कार्यक्रम गरि विमा वापतको रकम मृतककी दुई श्रीमती मिना र नुरसवा खातुन मियालाई संयुक्त रुपमा प्रदान गरिएको अध्यक्ष इन्द्रकुमार राईले बताए । उक्त विमा वापतको रकम युनियनका केन्द्रीय सदस्य कर्णवहादुर तामाङ,नेपाल इरिक्सा चालक संघ दमकका अध्यक्ष नेत्र सुनामसहित युनियन पदाधिकारी,सदस्यहरु, मियाका परिवारहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । संस्थाले आइएमइ जनरल इन्स्योरेन्सको सहकार्यमा आफना तीस जना सदस्यहरुको विमा गराएको थियो ।