कांग्रेस सत्ता र सरकार केन्द्रीत हुँदैन ः सिटौला
भद्रपुर १२ फागुन । “ तपाईंले झापामा कार्यकर्तालाई र संचारकर्मीसंग न्यायलयले संबिधान अक्षरश पालना गरेमा संसद पुनःस्थापना हुन्छ, भन्नुभएको थियो । सौभाग्यवस संसद पुनःस्थापना भयो । अव के भन्नुहुन्छ ?” भन्ने नयाँ सन्दर्भको जिज्ञासामा, सिटौलाले भने, “न्यायलयप्रति आम नेपालीजनताको अटुट् बिश्वास कायम रह्यो । मुख्य कुरा सर्वोच्चको फैसलाबाट संविधानको रक्षा भएको छ ।”
उनले अगाडी भने, “अव कांग्रेसले लिने निर्णय सत्ता र सरकार केन्द्रीत हुँदैन । नयाँ परिस्थिति तथा यसबाट उत्पन्न राजनीतिक घटनाक्रमलाई पनि विश्लेषण गर्नुपर्ने हुन्छ । के गर्दा राष्ट्र र जनताको हितमा हुन्छ त्यही विषयमा छलफल गरी हामी निर्णयमा पुग्छौं । के गर्दा लोकतन्त्र र लोकतान्त्रिक शासन सुदृढ हुन्छ, के गर्दा विकास, सुशासन र समृद्धि हुन्छ त्यसतर्फ हाम्रो ध्यान केन्द्रीत हुनेछ ।”