अधिनायकवादको पराजय ः नेपाली काँग्रेस

काठमाण्डौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएर अधिनायकवादलाई गम्भीर ढंगले पराजित गरिदिएको बताएको छ । संविधान रक्षाका सम्बन्धमा सर्वोच्चले ऐतिहासिक कदम चालेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्ने ठहर कांग्रेसको थियो । सर्वोच्चले जे फैसला गर्छ त्यसलाई शीरोधार्छ गर्छौं भनेका थियौं । सर्वोच्चले नेपालको संविधान रक्षाका लागि ऐतिहासिक कदम चालेको छ,’ शर्माले भने ।