प्रतिनिधिसभा पुनस्र्थापनामा खुशीयाली

दमक १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने आदेश दिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक चौकमा खुशीयाली मनाइएको छ । नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ता तथा नागरिकले प्रतिगमनको पराजय भएको भन्दै खुशीयाली मनाएका हुन् ।

नेकपा प्रचण्ड (माधव समूह संगै जनता समाजवादी पार्टीले एकैसाथ सर्वोच्चको फैसला प्रति खुसीयाली मनाउदै दिपप्रज्जवलन गरेका छन् । दुवै पार्टीका कार्यकर्ताहरुसहित स्थानीयहरुको बाक्लो उपस्थितिमा दिप प्रज्वलन गरि खुसीयाली मनाएका छन् ।

सर्वोच्चको फैसाला संविधान सच्चयाउन तथा नेपाली जनताको पक्षमा फैसला भएको भन्दै सहभागिहरुले दिपप्रज्जवलन गरि खुसीयाली मनाईएको नेकपा प्रचण्ड (माधव समूहका दमक नगर कमिटीका सचिव तिर्थराज बस्नेत ले वताएका छन् । यस्तै सर्वोच्चको फैसलाको खुसीयालीमा कमल( ५ स्थित पाडाजुंगी युवा व्यक्तित्व एलवी विष्टले आफनै घरमा दिपप्रज्जवलन गरि खुसीयाली मनाएका छन् ।यस्तै झापाका विभिन्न ठाउँमा पनि खुसीयाली मनाईएको छ ।