पत्रकार मञ्च दमकको साधारण सभा वहिष्कार

दमक १० फागुन । नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालका पत्रकारहरुको वहिष्कारका बीच पत्रकार मञ्च दमकले एघारौँ साधारण सभा गरेको छ । राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको साधारणसभा गरि सम्पन्न गरिएको थियो ।

मञ्चका अध्यक्ष मनकुमार गदालले संस्थाको प्रतिवेदन ,कार्यवहाक कोषाध्यक्ष धनबहादुर थेवेले आर्थिक प्रतिवेदन पेश गरे । त्यस अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले पत्रकार मञ्चको अक्षय कोषका लागि ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरे । त्यस्तै, सांसद दाहालले मञ्चको अक्षय कोषमा ५० हजार रुपैयाँ दिने घोषणा गरे ।