नेपाल प्रेस युनियन केन्द्रीय कार्यालयका प्रेस विज्ञप्ति

काठमाण्डौं १० फागुन । नेपाल प्रेस युनियनको हालै बर्दियामा सम्पन्न केन्द्रीय समिति बैठकको कार्यादेशअनुसार आज बसेको सचिवालय बैठकले नेपाल प्रेस युनियनको नेतृत्वमा सबै विचार एवं समूहलाई समेट्दै नेपाल पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ ९एको¥याब० लाई साझा संस्थाको रुपमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस सन्दर्भमा युनियनले विगतमा गरेका सहकार्य तथा आवश्यकताअनुसारका थप सहकार्यलाई समेत मध्यनजर गर्दै पत्रकारसँग सम्बद्ध विभिन्न संघसंगठनसँग वार्ता तथा सम्वादका लागि केन्द्रीय अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य र महासचिव अजयबाबु शिवाकोटी रहेको तीन सदस्यीय समिति गठन गरेको छ । सचिवालयको यस निर्णयबमोजिम विभिन्न संघसंगठनसँग आजैदेखि वार्ता तथा सम्वादका लागि नेपाल प्रेस युनियन हार्दिक आव्हान गर्दछ ।

अजयबाबु शिवाकोटी

महासचिव