आदिवासी जनजाति श्रष्टाहरु संगठित
भद्रपुर । झापाका आदिवासी जनजाति श्रष्टाहरु संगठित भएका छन् । विर्तामोडमा शनिवार सम्पन्न भेलाले मधुराज केरुङको संयोजकत्वमा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान राज्य समिति गठन गरिएको छ । गठित तर्दथ समितिको सहसंयोजकत्रयमा शिरेन बान्तावा ,पार्वता पोमु ,दावा शेर्पा,सचिवमा छत्र दर्लामी ,सहसचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा सुजन सेलिङ रहेका छन् ।
यस्तै सदस्यहरुमा डा. छत्र माबो ,अजित धिमाल ,इक्साहाङ चेम्जोङ ,अर्चना गुरुङ ,इन्द्रसिंह राजबंशी ,मन्जुल सुनुवार , निमा पोङ्सुवा भोटिया र जितेन साङपाङ रहेका छन् ।
यस्तै, केन्द्रिय प्रतिनिधिहरुमा बिराट किराती र जितेन पन्दाक तथा सल्लाहकारहरु मुनाराज शेर्मा, सुमित्रा बाङ्देल चेलि र सेसेहाङ फियाक रहेका छन् । भेलामा महासंघका केन्द्रीय संयोजक राजन मुकारुङ र सह संयोजक टंक सेलिङको उपस्थिति रहेको थियो ।