प्रतिगमविरुद्धको अन्तिम लडाइँ हो ः झाक्री

झापा । प्रहरी हिरासतमा रहेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले ‘प्रतिगमविरुद्धको अन्तिम लडाइँ’ भएको बताएकी छन् । नेतृ झाँक्रीलाई बिहीबार आफ्नो निवासबाट राज्यविरुद्धको कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसार पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको थियो ।

‘राज्यविरूद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मिनभबनमा छु,’ गिरफ्तारपछि प्रहरी हिरासतमा रहेकी उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘सबै साथिहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाइँ हो । आफ्नो ठाउँमा डटौं ।’ झाँक्रीलाई प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठ र योगश भट्टराईले भेट गरेका छन् ।