नेत्री रामकुमारी झाँक्री रिहा
काडमाण्डौं । नेकपा प्रचण्ड नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् ।
बिहीबार दिउँसो पक्राउ परेकी उनले साँझ श्रीमान पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने पनि उद्घोष गरिन् ।
‘‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रियाका क्रममा भनिन् ।