गौरीगन्जमा सडक बत्ति

गौरीगंज । गौरीगंज गाउँपालिका वार्ड नं. ६ को कार्यालयले वडा भित्रका विभिन्न स्थानमा सडक वत्ती जडान गरेको छ । वडा कार्यालयको सिलिङ्ग वजेटमध्ये ८ लाख रुपैयाँबाट वडा भित्रका मुख्य तथा सहायक सडकहरुमा सडक वत्ती जडान गरिएको हो ।

सडक वत्ती जडान भएपछि खजुरगाछी बजार, भारूचौक, डौवाबारी, देवीगंजलगायतका १ सय ५ वटा पोलमा सडक वत्ती जडान गरिएको जनाईएको छ । सडक वत्ती जडान भएपछि वार्ड नं। ६ को सडकहरू झलमल्ल भएको छ । सडक वत्ती भएपछि वडा भित्र रातको समयमा पनि निडर हिडडुल गर्न सजिलो भएको छ भने चोरी लगायत अपाराधिक गतिविधिमा पनि कमि आउने वडावासीहरु बताउँछन् । वार्ड नं। ६ का वडा अध्यक्ष बद्रीनारायण यादवले वडावासीलाई रातको समयमापनि सहजरुपमा हिडडुल गर्न सजिलो हुने र शान्तिसुरक्षाको हिसाबले पनि सडकवत्तीले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । वार्ड सदस्य उदिमकुमार राईले पहिलो चरणको सडक वत्ती जडान गर्ने कार्य सकिए पछि दोस्रो चरणका लागि आवश्यक वजेट व्यवस्थापन गर्ने बताए ।