एक्काइस दिनमा १२ जनाको मृत्यु
भद्रपुर २१ माघ । माघ महिनाको २१ गते भित्र झापामा सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । माघ १ गतेदेखि आजसम्म झापामा ६४ वटा सवारी साधनबाट दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।
माघ महिनामा सवारी दुर्घटनामा १२ जनाको मृत्यु, ९८ जना गम्भीर घाइते र ७३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी राकेश थापाले बताए । गाडीको अत्याधिक चाप, सडक साँघुरो हुनु, मादक पर्दाथ सेवन गरी गाडी चलाउनु, तिब्र गतिमा सवारी चलाएर ओभरटेक गर्नु लगायतका कारण सवारी दुर्घटना बढेको डीएसपी थापाको भनाइ छ ।
दुर्घटनाको संख्या बढेपछि न्यूनीकरणका लागि झापाका विभिन्न ठाउँहरुमा सचेतना मुलक कार्यक्रम गरेको, मापासे गरेर गाडी चलाउने चालकलाई कानुन बमोजिमको कारबाही गर्ने, चालकहरूको आँखा र कानको समस्याले दुर्घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सामुहिक रुपमा परिक्षण गरि रोगीहरुको लागि उपचारको व्यवस्था समेत गरिएको उनले बताए ।