आज झापामा ९६० जनाले लिए कोभिड खोप
भद्रपुर २१ माघ । झापामा कोभिड १९ बिरुद्धको खोप आज आठौंदिन ९६० जनालाइ लगाइएको स्वास्थ्य निर्देशनालय, प्रदेश १ धनकुटाले जनाएको छ । जसमा १०९ जना महिला र ८५१ जना पुरुष रहेका निर्देशनालयले जनाएको छ । सो कार्यालयका अनुसार, मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७६१ जना, अनारमनि नगरअस्पतालमा४० जना र दमक अस्पतालमा ५० जनालाइ खोप लगाइएको छ ।