जेसीज अफ द मन्थ अवार्ड वितरण
विर्तामोड । वीरता लेडी जेसीजले यसै वर्षदेखि जेसी अफ द मन्थ अवार्ड वितरण शुरु गरेको छ । बोर्डका सबैलाई सक्रिय बनाउँदै उत्कृष्ट कार्य गर्न प्रोत्साहित गर्ने उद्देष्यले पुरस्कृत गर्न वीरता लेडी जेसीजले सन् २०२१ बाट ‘जेसी अफ द मन्थ’को अवार्ड वितरण सुरु गरेको अध्यक्ष स्वस्तिका आचार्यले बताउनु भयो । एक पद एक कार्यकाल एक वर्ष जेसीजको अवधारणा अनुसार जेसीजका हरेक अध्यक्षले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउने सक्रिय रहन्छन् ।
सोही अवधारणा वीरता लेडी जेसीजका अध्यक्ष आचार्यले सन् २०२१ को सम्हालेको एकमहिना व्यतित भएसंगै पहिलो महिनामा महिनाभरीको सक्रियता र रचनात्मक कार्यशैलीको मूल्याङ्कन गरी जनवरी महिनाको उपाध्यक्ष युनिता दवाडीलाई ‘जेसी अफ द मन्थ अवार्ड’ प्रदान गरेको छ । सन् २०१७ बाट सक्रिय रुपमा जेसिजमा आवद्ध दवाडी २०१८ मा रक्तदान संयोजक २०१९ मा उपाध्यक्ष र २०२० मा तालिम संयोजकको जिम्मेवारी सम्हाले थिइन् ।
अवार्ड वितरणमा संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्वअध्यक्ष तथा नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष देवी भण्डारी, २०१९ की मानार्थ सदस्य कविता थापा लगायत २०२१ का बोर्ड पदाधिकारी र सदस्यहरुकोे सहभागिता रहेको थियो ।