कोभिड खोप आज पाँचौदिन ८२३ जनालाई

भद्रपुर १८ माघ । झापामा कोभिड १९ बिरुद्धको खोप आज पाँचौदिन ८२३ जनालाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा ४९७ जना महिला र ३२६ जना पुरुष रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार, मेची प्रादेशिक अस्पताल भद्रपुरमा २६७ जना, अनारमनि नगरअस्पतालमा ३६० जना र दमक अस्पतालमा १९६ जनालाइ खोप लगाइएको छ ।