सिटिजन लाइफको चन्द्रगढी शाखा उद्घाटन

भद्रपुर, १७ माघ । सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको चन्द्रगढी शाखाको उद्घाटन गरिएको छ । भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले ११४ औं शाखाका रूपमा सो शाखाको उद्घाटन गरेका हुन् ।

वि सं २०७४ मा स्थापना भएको सो कम्पनीको ३ सय करोड चुक्ता पूजी रहेको जानकारी दिँदै एरिया प्रबन्धक उत्तम कोइरालाले सेवाग्राही मैत्री इन्सुरेन्स कम्पनी रहेको जानकारी दिए ।

कार्यक्रममा कम्पनीका विभिन्न जिम्मेवारीमा रहेका कर्मचारी लगायत सरोकारवालाको उपस्तिि रहेको थियो ।