झापामा आज २ जना संक्रमित भेटिए

भद्रपुर १२ माघ । झापामा आज दुइ नगरपालिकामा २ जना कोरोना संक्रमण पाजेटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सो कार्यालयका अनुसार दमकमा एक पुरुष र शिवसताक्षीमा एक महिला संक्र्रमित भेटिएका हुन् ।

कार्यालयका अनुसार आजसम्ममा झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२६ रहेको छ ।