छब्बिस् अधिकारकर्मी गिरफ्तार

काठमाडौं । सरकारले अदालतलाई प्रभाव पार्न खोजेको आरोप सहित विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । मानव अधिकार तथा शान्ति समाजले राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध सोमबार दिउँसो प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शन गरेको थियो ।

प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य सहित २६ जनालाई गिरफ्तार गरेको समाजले जनाएको छ ।