झापा कारागारका ७६ जनालाई न्यानो कपडा
भद्रपुर, ४ माघ । झापा कारागारमा कैदी बन्दी जीवन बिताइरहेका ७३ जना तथा तिनीहरूसित आश्रित ३ जना बाल बालिकालाई जाडोबाट बचाउन न्यानो कपडा प्रदान गरिएको छ ।
चिसो बढेसंगै महिला कारागारमा कैद भुक्तान गरिरहेका कैदी बन्दीलाई समस्या भएको गुनासो आएपछि नेपाली काँग्रेसमा आस्था राख्ने ७ जनाले न्यानो कपडा खरिद गरी हस्तान्तरण गरेका हुन् ।
न्यानो कपडा जुटाउन नेपाली काँग्रेस स्थानीय तह समन्वय विभाग केन्द्रीय सदस्य राजेन्द्रकुमार घिमिरे, नेपाल महिला संघ केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाल भारत मैत्री संघ केन्द्रीय समिति सदस्य ज्योति न्यौपाने, नेपाली काँग्रेस क्षेत्र नं १ ख की सदस्य निता बस्नेत, भद्रपुर ९ का वडा सभापति गोपालप्रसाद श्रेष्ठ, भद्रपुर १० का वडा सभापति शालिग्राम नेपाल र पूर्व कर्मचारी समाजका झापा जिल्ला सचिव चेतनाथ भट्टराईले आर्थिक सहयोगमा खरिद गरेर हस्तान्तरण गरेका हुन् ।