विप्लवद्वारा नेपाल बन्दको घोषणा

काठमाडौँ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ पक्राउ परे लगत्तै विरोधका कार्यक्रम घोषणा गरेका छन् । प्रहरीको विषेश ब्युरोको टोलीले बास्तोलालाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो ।

यसैबीच आफ्ना नेता पक्राउ गरेको विरोधमा विप्लव समूहले संघर्षका कार्यक्रम घोषणा गरेको छ । माघ ३, ५,७ र ९ गते देशभर विरोध जुलुस गर्ने र माघ १० गते नेपाल बन्द गर्ने विप्लव समूहद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । कन्चन केन्द्रीय समिती सचिवालय सदस्य हुन् । उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेको पार्टी महासचिव विप्लवले उल्लेख गरेका छन् ।