झापामा राष्ट्रिय योग दिवस मनाइयोे

भद्रपुर १ माघ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस झापामा पनि आज मनाइयो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उझापा १ माघ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस झापामा पनि आज मनाइयो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापा तथा राष्ट्रिय योग दिवस आयोजक समितिको संयुक्त आयोजनामा छैटौँ राष्ट्रिय योग दिवस श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रम भद्रपुरमा मनाइएको हो । सहभागीहरूले योग तथा माघे सङ्क्रान्तिको लड्डु खाएर दिवस मनाएका थिए ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।