संविधानमा दुई वटा संशोधन आवश्यक : प्रदीप गिरि

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा क्षेत्र नं. ‘ख’ ले शनिबार बोडेमा आयोजना गरेको विरोधसभामा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता गिरिले संविधानमा केही त्रुटि रहेको जिकिर गर्दै भने, ‘अहिलेको संविधानमा केही त्रुटि छन् ।

संविधानमा दुई वटा संशोधन आवश्यक छ । पहिलो प्रत्येक पाँच पाँच वर्षमा निर्वाचन हुने व्यवस्था र दोस्रो जनप्रतिनिधिहरुले संविधान र कानुनअनुसार गलत कदम उठाए जनताले फिर्ता बोलाउन पाउने अधिकार सुनिश्चित गर्ने व्यवस्था संविधानमा राख्नुपर्छ ।’

उनले भने, ‘संविधानमा बहुमतको सरकारले संसद् भंग गर्ने कुनै प्रावधान छैन । अदालत र प्रधानन्यायधीशले विवेक प्रयोग गरे संसद पुनःस्थापना हुन्छ ।’ उनले भने, ‘संविधानको बर्खिलाप गरी संसद भंग गर्ने प्रधानमन्त्री र मन्त्रीहरु संसद पुनःस्थापना भएमा, त्यहाँ बस्नु उचित हुँदैन । संसद पदबाटै राजिनामा गर्नुपर्ने जिकिर गरे ।’