रबिन कोइरालाको अगुवाइमा संघर्ष समिति
भद्रपुर २३ पुस । नेकपाको प्रचण्ड–माधव समूहले झापामा संंघर्ष समिति गठन गरेको छ । संसद विघटनबिरुद्ध सडक आन्दोलनमा उत्रिएको नेकपाले केन्द्रीय सदस्य एवम् नेकपा झापाका इन्चार्ज रविन कोइरालाको नेतृत्वमा संंघर्ष समिति गठन गरेको हो ।
सरकार विरुद्धको आन्दोलनलाई वडा तहसम्म पुर्याउन संंघर्ष समिति गठन भएको नेकपाले जनाएको छ । समितिको सह संयोजकमा केन्द्रीय सदस्य धर्मशीला चापागाई छन् भने नेकपा झापाका सचिव बिजय साङपाङ सदस्य सचिव रहेका छन् ।
पार्टीको केन्द्रीय समितिले तय गरेका आन्दोलनका कार्यक्रमलाई तल्लो तहसम्म पुर्याउने गरी संघर्ष समितिले काम सुरु गरिसकेको जनाइएको छ ।