भद्रपुर भन्सारले लक्षभन्दा बढी राजश्व संकलन

भद्रपुर २३ पुस । लकडाउनका बाबजुद् झापाको भद्रपुर भन्सार कार्यालयले यस आ.व. २०७७÷७८ को साउनदेखि मंसिर मसान्त सम्मको विगत ५ महिनाको अवधिमा १५ करोड ७१ लाख १९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आगामी असार मसान्त सम्मको ६ महिनाको अबधिभित्र एकमुष्ठ १६ करोड ६५ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले विगत ५ महिनामा १५ करोड माथि राजश्व संकलन गर्न सफल भएको हो ।

गत चैत्र महिनादेखि असार सम्म रहेको निरन्तर लकडाउनका कारण राजश्व असुलीमा समस्या भए पनि पछिल्लो समयमा कोभिडको सामान्य असर परे पनि त्यस्तो खासै समस्या नभएको कार्यालय प्रमुख प्रमोद पौडेलले बताए । उनका अनुसार गत २०७६। ०७७ आ.व.मा १४ करोड ४९ लाख रुपैया राजश्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

नेपालको भारत संग सीमा जोडिएका गलगलीया, ठाकुरगन्ज, सिलगुडी लगायतका विभिन्न स्थानहरुबाट कपडा, चिया प्रशोधनमा प्रयोग गरिने सामग्रिहरु, उद्योगका मेशिनरी पार्टपुर्जा लगायतका विभिन्न सामग्रीहरु यस नाका बाट आयात हुने गरेको प्रमुख पौडेलले बताए ।