अपराध

गौरादहबाट २ जना जुवाडे पक्राउ

गौरादह । झापाको गौरादह नगपालिकाबाट जुवातास खेल्दै गरेको अवस्थामा दुई जना ब्यक्ति पक्राउ परेका छ्न । गौरादह नगरपालिका वडा नं. ७ फकिढिपमा जुवातास खेल्दै गरेको अबस्थामा जीवन उप्रेती र लक्ष्मी प्रसाईं पक्राउ परेका हुन् ।

फकिरढिप देखि केहि उत्तर तर्फ रहेको बास झ्याङमा आइतबार राति करिब ११।०० बजेतिर तास खेल्दै गरेको अबस्थामा उनीहरू पक्राउ परेको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिएका छ्न् ।

बिशेष सूचनाको आधारमा प्रहरीको टोलिले उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीलाइ देखेर अन्य केही ब्यक्तिहरु भने भागेका थिए । उनीहरूबाट नगद १५ पन्द्र हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ । उनीहरूलाई अदालतबाट ५ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जानकारी ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।