नहरमा डुवेर वालकको मृत्यु
झिलझिले । झापाको शिवसताक्षीमा आज दिउँसो नहरमा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर २ का हिमाली चौंकका बिष्णु कार्कीका ११ वर्षिय छोरा विवेकको घरदेखि ५सय मिटर उत्तर रहेको नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पानीमा डुबेको आफन्तले देखेपछि उद्धार गरेर उनलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।