सर्वोच्च अदालतले मुख हेरेर फैसला गर्दैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलनको लागि प्रयास अगाडी बढाउने बताएका छन् ।

पन्तले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरी फैसला नगर्ने टिप्पणी गरे । सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुनस्र्थापना बाहेक केही हुन नसक्ने उनले बताए ।

संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाई छ । स्थायी कमिटी सदस्य पन्तले नेकपाको कमाण्ड प्रचण्ड(माधव पक्षसँग भएको, बहुमत भएको, सूर्य चिन्ह आफुहरुले पाउने, संसद पुनस्र्थापना हुने र नेकपाको सम्पति आफुहरुको हुने दाबी गरे ।