झापामा आज भेटिए ५ जना संक्रमित
भद्रपुर २१ पुस । झापाका ४ स्थानीय पालिकामा ५ जनामा कोरोना ुसंक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसअनुसार, बिर्तामोडमा १ जना, कनकाइमा २ जना, गौरीगन्जमा १ जना र शिवसताक्षीमा १ जना रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार, झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२६ रहेको छ ।