मेलमिलाप दिवसमा भद्रपुर ९ मा विविध कार्यक्रम

भद्रपुर, १६ पौष । ४४ औं मेलमिलाप दिवसको अवसर पारेर नेपाली काँग्रेस भद्रपुर ९ नम्बर वडा समितिले प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

वडा सभापति गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा झापा जिल्ला सचिव प्रेम सम्वाहाम्फेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमममा नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली काँग्रेस झापा जिल्ला सदस्य राजेन्द्र रिजाल लगायतले मन्तव्य राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बाहेकका दलले भूमिका खेल्न नसक्ने तर्क प्र्रस्तुत गरेका थिए ।

वडा समितिका सहसंयोजक लावण्यकुमार पोखरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत सेवा निवृत्त कर्मचारी समाज झापाका सचिव चेतनाथ भट्टराईले गरेका थिए भने क्षेत्रीय सचिव रमेश पोखरेल, क्षेत्रीय सदस्य पार्वती मल्ल, बुद्धिराज राई टेलिकम कर्मचारी वर्कस युनियनका अध्यक्ष चिरञ्जीवि भट्टराई, नेपाली काँग्रेस अष्ट्रेलिया जनसम्पर्क मञ्चका प्रवक्ता रोहित खड्काको सहभागिता रहेको कार्यक्रममा भद्रपुर ९ का सन्तोष खड्का नेपाली काँग्रेसमा प्रवेश समेत गरेका थिए भने नव प्रवेशी खड्कालाई प्रमुख अतिथिले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।