प्रहरीले हत्यारा पक्राउ गर्न सकेन

भद्रपुर १५ पुस । झापाको बिर्तामोड नगरपवलिका २ चैतुबारी निवासी ४२ वर्षिया दिनो राजवंशीको हत्या भएको ११ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन ।

गत पुष ४ गते राति दिनोको हत्या भएको थियो । बिरबहादुर राजवंशीकी श्रीमती दिनो हत्या भएको भोलिपल्ट विहान खेतमा मृत फेला परेकी थिइन् । बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पर्ुयाउन ती महिला घरबाट हिडेकी थिइन् । त्यसपछि बेपत्ता भएकी भोलिपल्ट विहान उनको लाश फेला परेको थियो ।

जगत राजबंशीको खेत लिजमा लिई ३ बर्षदेखि उनीहरुले कुखुरा फार्म संचालन गर्दै आएका छन् । त्यही फार्ममा श्रीमानलाई खान पुर्याउन जान्छु भनी खाना लिई हिडेकोमा फार्ममा समेत नपुगेको र राति अबेरसम्म घर फर्की नआएकाले खोजी गर्दा फेला नपरी भोलिपल्ट बिहान घरबाट अन्दाजी ३०० मिटर पश्चिममा लाश फेला परेको थियो । घटना भएको भोलिपल्टदेखि अनुसन्धान जारी राखेको बताउने प्रहरीले हत्यारा अझै पत्ता लगाउन सकेको छैन ।

घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । ‘ हामीले अनुसन्धानको दायरालाई साघुँरो बनाउँदै लगेका छौं, केहीदिन भित्रै हत्यारा पक्राउ गर्दैछौं’