राष्ट्रिय एकता मेलमिलाप दिवस
काठमाडौं । नेपाली कांग्रेसले यो वर्षको राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने भएको छ । बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रित हुने बताए ।
कांग्रेसले २०३३ साल पुस १७ गते देखि हरेक वर्ष सोही दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । यो वर्ष मेलमिलाप दिवसको कार्यक्रम ७७ वटै जिल्लामा मनाउने निर्णय कांग्रेसले गरेको छ ।