अग्नि पिडित धमलालाई राहत प्रदान

गौरादह । गौरादह नगरपालिका वार्ड नं. ४ बस्ने अग्नीधर धमलालाई राहतस्वरूप नगद र कम्बल प्रदान गरिएको छ । नेपाली कांग्रेस नगर कमिटि गौरादह र वडा कमिटि ४ गौरादहले संयुक्तरूपमा अग्नि पिडित धमलालाई नगद ४४ हजार रूपैयाँ र कम्बल राहतस्वरूप प्रदान गरेको हो । पुस २ गते उनको घरमा आगलागी भएको थियो । अगलागीबाट घर लगायत सबै लत्ताकपडा पुर्णरूपमा जलेर नष्ट भएको थियो ।

गौरादह नगरपालिकाका नगर प्रमुख तथा क्षेत्रिय सभापति रोहित कुमार साह, नगर सभापति यादवराज सेढाई, उपसभापति कुन्दन गिरी, नेपाल रेडक्रस सोसाइटी उपसाखा गौराहदका अध्यक्ष केदार ताजपुरियालगायतले उक्त राहत रकम र लत्ताकपडा हस्तान्तरण गरेको नेपाली कांग्रेस गौरादह नगर सभापति यादवराज सेढाईले जानकारी गराएका छन् ।