झापामा आज २ जना संक्रमित थपिए ।

भद्रपुर १४ पुस । स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलबार जिल्लाको एउटा नगरपालिकामा १ जना महिला र १ जना पुरुष गरी जम्मा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मेचीनगर नगरपालिका वडा नम्बर ७ र ८ का १ जना महिला र १ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।