नेपालमा आज थपिए ७०८ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार एक सय ३५ पिसिआर परीक्षण गर्दा मुलुकभर थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म २ लाख ५१ हजार तीन सय १२ जना संक्रमणमुक्त भएका छन् । निको हुनेको दर ९६ दशमलव ८ प्रतिशत पुगेको छ ।
बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसंगै नेपालJमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ सय ४० जना पुगेको छ ।