मो. आसामुदिन पुनः आफ्नै घरमा
गौरीगंज । केहिदिन अघि निधारमा अबिर लगाएर दर्जनौ नेता तथा कार्यकर्ताबीच नेकपा प्रवेश गरेका मो. आसामुदिन पुरानै घर फर्केका छन् । फोरक लोकतान्त्रिकबाट नेपाली कांग्रेसमा समायोजन भएका फोरमका गौरीगंज गाउँपालिका वार्ड नं. ६ वडा समिति अध्यक्ष मो. आसामुदिन नेपाली कांग्रेस पार्टी मै फर्किएका हुन् ।
छोटो समयमा विना सुझबुझ नेकपा प्रवेश गरि ठुलो भूल गरेको भन्दै मो. आसामुदिनले नेपाली कांग्रेस पार्टी मै रही पार्टीको निर्देशन र अनुशासनमा रहेर पार्टीको सक्रिय सदस्यको रूपम कार्य गर्ने प्रेस नोटमा उल्लेख्य गरेका छन् ।
मंसिर १८ गते नेकपा केन्द्रीय सदस्यीय तथा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सांसद दिपक कार्कीलगायत नेकपाका सयौं नेता तथा कार्यकर्ताका बीच अबिर लगाएर मो. आसामुदिन सहित २८ जना नेकपा प्रवेश गरेका थिए
‘टोलकै छरछिमेक साथी भाईहरूसंग पार्टी प्रवेशको विषयमा गहन कुराकानी हुन सकेन । नेकपा गौरीगंजका केही व्यक्तिसंग सम्पर्क भई एक्कासी छोटो समयमै पार्टी प्रवेशको कार्यक्रम तय भई माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र पुर्व सांसद दिपक कार्कि ज्युको विशेष आतिथ्यतामा भएको कार्यक्रममा मलाई नेकपामा प्रवेश गराईयो । म द्वविधामा थिए । मलाई सोच्ने समय नै दिईएन । अन्योलताका बीच नेकपा कन्चिरा टोल समितिको अध्यक्ष बनाई मलाई पार्टी प्रवेश गराईयो । ‘
‘आजदेखि नेकपाको सदस्यता त्याग गरि कुनै पनि गतिविधिमा संलग्न नहुने जानकारी गराउँदै नेपाली कांग्रेस पार्टीको विधि, विधान र अनुशासनमा रही एक सच्चा , कर्मठ र ईमानदार कार्यकर्ताको भुमिका खेल्ने छु’ – प्रेस नोटमा उनले उल्लेख गरेका छन् ।