विद्यार्थीद्वारा काडमाण्डौंमा “स्वाहा” कार्यक्रम
भद्रपुर १३ पुस । प्रचण्ड–नेपाल समूहका विद्यार्थीद्वारा सोमबार प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध सडकमै ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेका छन् । अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा प्रचण्ड–नेपाल समूहका विद्यार्थीले प्रतिगामी असंवैधानिक कदम खारेजीको माग गर्दै नारा जुलुस समेत गरे ।
उनीहरूले ओलीको विरोध गर्दै स्वाहा कार्यक्रममा ‘बयलगाडा स्वाहा, मूल्य र मान्यता स्वाहा, महाकाली स्वाहा, रेलगाडी स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा, जनजीविका स्वाहा, पानीजहाज स्वाहा, वालुवाटार स्वाहा, विधिको शासन स्वाहा, वालुवाटारको जग्गा स्वाहा’ लगायतका नारा राखेर व्यंग्य गरेका थिए ।