इलाका प्रशासन कार्यालय प्रमुखसहित ३ पक्राउ
झापा १२ पुस । नागरिकता वितरण प्रकरणमा त्रुटी देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय झापाको आदेशमा शनिवार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता राकेश थापाले बताए । साथै कार्यालय सहयोगी बर्ष २४ को आसिर आलम र गौरादह न.पा.७ बस्ने वर्ष ५९ को कृष्ण प्रसाद तिम्सिनालाई समेत पक्राउ गरीएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय झापाले झापा जिल्ला साबिक जुरोपानी ८ हाल गौरादह नगरपालिका वडा नं. ७ स्थायी ठेगाना देखाई अमृत राई (नागरिकता नम्बर ०४-०६-७७-००५९१) दिपिका राई (नागरिकता नम्बर ०४-०६-७७-००५९२) र बिशाल राई (नागरिकता नम्बर ०४-०६-७७-००५९३) लाई नागरिकता बितरण गरेको तर नागरिकता सम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरिगंजमा नभएकोले नागरिकता सम्बन्धी software प्रयोग गरी उक्त नागरिकताहरु किर्ते गरेको हुन सक्ने भएकोले थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न पत्राचार भए अनुसार जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धान गर्दा माथी उल्लेखित नागरिकता प्राप्त गर्ने व्यक्तीहरु नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको software प्रयोग गरी नागरिकता वितरण गरे पश्चात उक्त बिवरण edit गरी पुन बिभिन्न मितिमा सोही नम्बरका नागरिकताहरु अन्य ब्यक्तिलाई बितरण गरिएको कुरा प्रारम्भिक अनुसन्धानमा देखिएको छ । अतः नागरिकता सम्बन्धी कसुर गरेको देखिन आएको हुँदा निजहरुलाई मिति २०७७।०९।११ गते पक्राउ गरी १२ गते सम्मानित झापा जिल्ला अदालतबाट नागरिकता सम्बन्धीकसुर मुद्धामा ५ दिन म्याद थप भई थप अनुसन्धान भईरहेको जिप्रका झापाले जनाएको छ ।