रु. १० लाख मूल्य बराबरको मूर्ति र सामग्री पक्राउ
भद्रपुर १२ पुस । मेचीनगर नगरपालिका–६ नकलबन्दाबाट आइतबार विहान प्रहरीले करिब रु. १० लाख मूल्य बराबरको मूर्तिसहित विभिन्न चाँदी र तामाका सामग्री पक्राउ गरेको छ तस्करहरुले लुकीछिपी भारततर्फ लैजान लागेका सो मूल्य बराबरको चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मूर्तिका अनुहार कागजले छोपिएको र प्लाष्टिकमा लाहाको प्रयोग गरी प्याक गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सो सामग्र पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।