आज ४ सय ८१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं १२ पुस । पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४८१ जनामा कोरोना भाइरस पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५८ हजार १८१ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १८२५ पुगेको छ ।