कर्णालीको चन्द्रगढीमा एक दिने अनुशिक्षण

भद्रपुर, ११ पौष । भट्टराई कुल वंश प्रतिष्ठान भद्रपुर नगर समितिले सामूहिक कुल पूजा तथा वंश भेला सम्पन्न गरेको छ । प्रतिष्ठानका नगर अध्यक्ष चेतनाथ भट्टराईको घरमा जेष्ठ सदस्य माहानन्द भट्टराईको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, भट्टराई कुल वंश प्रतिष्ठानकी केन्द्रीय सदस्य गोमा भट्टराई, पूर्व केन्द्रीय सदस्य अरूण भट्टराई, जिल्ला सदस्य शशिकुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कोभिड १९ का कारण कार्यक्रममा विगत वर्षहरू जस्तो सम्मान तथा पुरस्कार भने बाँड्न नसकिएको नगर अध्यक्ष चेतनाथ भट्टराईले जानकारी दिa ।

कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोड ४ ले चन्द्रगढीमा एक दिने सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

हेमराज खतिवडाको अध्यक्षता तथा टसबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भद्रपुर सेवा केन्द्रका सदस्यहरूलाई अनुशिक्षण गरिएको हो ।

कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्र्तगत शेयर सदस्य सुमित्रा कुँवरलाई १९ हजार ३ सय ४० रूपैया, शिव कोइरालालाई ४० हजार रूपैया स्वास्थ्य उपचार सेवा वापत रकम दिइएको थियो ।