कांग्रेस नेता सिटौलालाई कोरोना पोजेटिभ

भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको सिटौलाले आफ्नो फेसबुक पेजमा लेखेका छन् । नेता सिटौलाले आफ्नो स्वास्थ्य भने सामान्य रहेको जनाएका छन् । पछिल्ला केही दिन यता आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन र सचेत हुन पनि उनको आग्रह छ ।