आज नेपालमा थपिए ८९९ जना संक्रमित

काठमाडौं । आज मुलुकभरमा ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ ।

कुल संक्रमित २ लाख ४७ हजार ५ सय ९३ जना छन् । बितेको २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या १६ सय ८९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।