विरोध प्रर्दशन सफल वनाउन ने वि संघको निर्णय

कमल २७ मंसिर । नेपाली कांग्रेसले मंसिर २९ गते झापाको विर्तामोडमा आयोजना गरेको विरोध प्रर्दशनलाई सफल वनाउन नेपाल विद्यार्थी संघ कमलले विभिन्न निर्णय गरेको छ ।संघका जिल्ला सदस्य धिरज श्रेष्ठको बिषेस आथित्यतामा आज पाडाजुंगीमा कमल गाउँपालिकास्तरिय भेलाले कम्युनिस्ट अधिनायकवाद र सर्वसत्तावाद विरुद्ध हुने बिरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।

विरोध प्रर्दशनमा कमलबाट मात्र ५ सय बढी विद्यार्थीहरुलाई सहभागिता जनाउने गरि तयारी थालिएको संघका कमल सभापति जितेन साङपाङले वताए । उनका अनुसार कमलका ७ वटै वडाका स्कुल, कलेजहरुमा समेत भेला,बैठक गरि सक्रिय सहभागिता जनाउने गरि तयारीमा तीव्रता दिईएको छ ।