सांसद् राजेन्द्र लिङ्देनलाई निमोनिया
भद्रपुर २५ मंसिर । राप्रपाका पूर्व महामन्त्री तथा झापा क्षेत्र नं. ३ का सांसद् राजेन्द्र लिङ्देनलाई निमोनिया भएपछि उपचारका लागि एयर एम्बुलेन्सबाट काठमाडौं लगिएको छ नेपाली सेनाको एयर एम्बुलेन्सबाट सांसद् लिङ्देनलाई आज साँझ काठमाडौं लगिएको हो । उनको मेडिसिटी हस्पिटलमा उपचार गरिने भएको छ ।
केही दिनदेखि अस्वस्थ देखिएका लिङ्देनको श्वासप्रश्वासमा समस्या भएपछि जाँच गर्दा उनलाई निमोनिया पुष्टि भएको थियो । उनलाई आजै बिर्तामोडस्थित बि एण्ड सी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । तर, थप समस्या नहोस भनेर काठमाडौँ लगिएको बताइएको छ ।
उनको मंसिर २१ गते गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो भने आज पुनः पिसिआर गरिएको छ ।