झापामा आज १७ जना संक्रमित थपिए
भद्रपुर २६ मंसिर । झापामा क्रमशः कोरोना कसंक्रमितको संख्या घट्दै गएको छ ।आज ४ महिला र १३ पुरुष गरी १७ जना मात्र कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, कोरोना संक्रमित पुष्टि हुनेहरुमा दमकमा २ जना, बिर्तामोडमा ३ जना, मेचीनगरमा ४ जना, अर्जुनधारामा ३ जना, शिवसताक्षीमा १ जना भद्रपुरमा १ जना, बुद्धशान्तिमा १ जना र कमलमा २ जना रहेका छन् ।
झापामा कोरोना बाट मृत्यु हुनेको संख्या ११२० पुगेको छ ।